पुन र आचार्यलाई हटाएर ऊर्जामन्त्रीले प्राधिकरणमा ल्याए कार्की र गुरुङ

<p>काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कार्की र गुरुङलाई नियुक्त गरेको हो ।  देवेन्द्र कार्की ऊर्जा मन्त्रालयबाट सचिव भएर रिटार्यड भएका कर्मचारी हुन् भने गुरुङ सहसचिवबाट रिटार्यड हुन् । कार्की कांग्रेस र गुरुङ एमालेको कोटाबाट नियुक्त भएका हुन् [&hellip;]</p>

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यमा पूर्वसचिव देवेन्द्र कार्की र महेन्द्रबहादुर गुरुङ नियुक्त भएका छन् ।

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले कार्की र गुरुङलाई नियुक्त गरेको हो ।  देवेन्द्र कार्की ऊर्जा मन्त्रालयबाट सचिव भएर रिटार्यड भएका कर्मचारी हुन् भने गुरुङ सहसचिवबाट रिटार्यड हुन् । कार्की कांग्रेस र गुरुङ एमालेको कोटाबाट नियुक्त भएका हुन् ।

मन्त्रालयले आइतबारदेखि लागु हुने गरी उनीहरूलाई नियुक्त गरेको हो । आजै नेपाल विद्युत प्राधिकरणको सञ्चालक समिति सदस्यबाट भक्तबहादुर पुन र कपिल आचार्यलाई हटाइएको थियो ।

पुन र आचार्यले पेस गरेको स्पष्टिकरण चित्त बुझ्दो र सन्तोषजनक नदेखिएको भन्दै ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणको सञ्चालकबाट हटाएका थिए ।

Share News