पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमताका साथ सञ्चालन गर्छौँ : प्रधानमन्त्री ओली

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याइने बताएका छन् । शुक्रबारदेखि साताको चार दिन थाइ एयर एसियाले भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उनले उल्लेख गरेका छन् । सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ओलीले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने बताएका छन् । उनले लेखेका [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ प्रयोगमा ल्याइने बताएका छन् । शुक्रबारदेखि साताको चार दिन थाइ एयर एसियाले भैरहवा–थाइल्यान्ड उडान अनुमति पाएको उनले उल्लेख गरेका छन् ।

सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै ओलीले पोखरा र भैरहवा विमानस्थलको प्रयोगमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाइने बताएका छन् ।

उनले लेखेका छन्, ‘पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमताका साथ अन्तर्राष्ट्रिय उडानको प्रयोगमा ल्याउन हामी लागिरहेका छौँ, हिजो हामीले यससम्बन्धी कार्यदल गठन गरेर यसै साता बस्ने मन्त्रिपरिषद्को बैठकमा एयरपोर्ट सञ्चालन सम्बन्धी योजना पेस गर्ने जिम्मेवारी तोकेका छौँ, यी दुई विमानस्थल सञ्चालनमा ल्याउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप पनि घट्ने छ ।’

Share News