काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार सार्वजनिक बिदा हुने भएको छ । सरकारले साउन २० गते काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
गृह मन्त्रालयले आइतबार मत्स्येन्द्रनाथको भोटो देखाउने दिन परेकाले सार्वजनिक बिदा दिने निर्णय गरेको हो । २० गते काठमाडौं उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा सार्वजनिक बिदा दिने निर्णय भएको गृहले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।
‘२०८० माघ २९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचना अनुसार मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राका दिन काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त जात्राको अवसरमा २०८० साउन २० गते आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ’, गृहमन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
