काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १८ गतेका लागि अमेरिकी डलरको खरिददर १३३.६६ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२६ रुपैयाँ तोकेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४४.२४ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४४.९० रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७०.६५ रुपैयाँ र बिक्रीदर १७१.४२ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८७.३६ रुपैयाँ र बिक्रीदर ८७.७५ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.७२ रुपैयाँ र बिक्रीदर ९७.१६ रुपैयाँ तोकिएको छ ।
अमेरिकी डलरको मूल्य स्थिर रहेको छ भने यूरोपियन युरोको मूल्य घटेको हो । यसअघि हिजो युरो एकको खरिददर १४४.८३ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७१.७० रुपैयाँ र बिक्रीदर १७२.४७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८६.९५ रुपैयाँ र बिक्रीदर ८७.३४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९६.६५ रुपैयाँ र बिक्रीदर ९७.०८ रुपैयाँ थियो ।
राष्ट्र बैंकका अनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३९ रुपैयाँ र बिक्रीदर ३६.५५ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २९.२५ रुपैयाँ र बिक्रीदर २९.३८ रुपैयाँ तोकिएको छ ।