एनआईसी एशिया क्यापिटलले घोषणा गर्यो ५२.५३ प्रतिशत लाभांश

<p>काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ५२.५३ प्रतिशत (कर सहित) का दरले १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यापिटलले ५२.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । क्यापिटलको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजी ५२.५३ प्रतिशत (कर सहित) का दरले १० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश प्रस्ताव पारित गर्न सञ्चालक समितिको बैठकले भदौ ११ गते आठौं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । क्यापिटलको साधारण सभा एनआईसी एशिया क्यापिटलको रजिष्टर्ड कार्यालय थापाथलीमा बिहान ९ बजे बोलाइएको छ ।

सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असारसम्मको वासलात र आर्थिक वर्ष २०८१÷८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण प्रस्ताव पारित गर्नेछ ।

Share News