सरकारले कुनै पनि शिर्षकमा लक्ष्यअनुसारको कर उठाउन सकेन, भ्याट तीन खर्ब मात्रै

<p>काठमाडौं । गत वर्ष सरकारले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २५.५६ प्रतिशत कम राजस्व संकलन गरेको हो । सरकारले गत आर्थिक वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले १० [&hellip;]</p>

काठमाडौं । गत वर्ष सरकारले लक्ष्यभन्दा कम राजस्व संकलन गरेको छ । अर्थमन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्ष २०८०/८१ मा लक्ष्यभन्दा २५.५६ प्रतिशत कम राजस्व संकलन गरेको हो ।

सरकारले गत आर्थिक वर्ष १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ कुल राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, सरकारले १० खर्ब ५८ अर्ब ८९ करोड ६३ लाख रुपैयाँ मात्रै कुल राजस्व संकलन गरेको हो । जुन तोकिएको लक्ष्या भन्दा २५.५६ प्रतिशत कम हो ।

सरकारले गत वर्ष कुनै पनि शिर्षकमा लक्ष्य अनुसारको राजस्व संकलन गर्न सकेको छैन । १३ खर्ब ५ अर्ब रुपैयाँ जम्मा कर राजस्व र १ खर्ब १७ अर्ब रुपैयाँ अन्य राजस्व (गैरकर) संकलन गर्ने सरकारको लक्ष्य थियो । तर, २७.६४ प्रतिशत कम अर्थात् ९ खर्ब ४४ अर्ब रुपैयाँ मात्रै कर र २.३२ प्रतिशत अर्थात् १ खर्ब १४ अर्ब रुपैयाँ गैरकर संकलन गरेको हो ।

भन्सार महशुल कर शिर्षकमा ३ खर्ब ७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, लक्ष्यभन्दा ३४.६१ प्रतिशत कम अर्थात् २ खर्ब १ अर्ब २ करोड रुपैयाँ मात्रै भन्सार महशुल उठाउन सफल भयो ।

यस्तै, पैठारी शिर्षकमा २ खर्ब ४४ अर्ब ८४ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य लिएको सरकारले ३४.९४ प्रतिशत कम अर्थात् १ खर्ब ५९ अर्ब २९ करोड रुपैयाँ मात्रै संकलन गरेको छ । तर, हरित करमा राजस्व संकलन गर्ने लक्ष्य राखेको थिएन । सो शिर्षकमा गत वर्ष ४५ करोड ७ लाख रुपैयाँ राजस्व संकलन भएको मन्त्रालयले जनाएको छ ।

सरकारले गत वर्ष निकासीतर्फ ६९ करोड ९१ लाख रुपैयाँ, पूर्वाधारतर्फ ३१ अर्ब ६७ करोड रुपैयाँ, भन्सारको अन्य आयतर्फ १ अर्ब ५२ करोड रुपैयाँ, कृषि सुधार शुल्कतर्फ १३ अर्ब १७ करोड रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १० अर्ब ९२ करोड रुपैयाँ, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ४ अर्ब ५७ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ ४ खर्ब २५ अर्ब ८९ करोड रुपैयाँ, उत्पादन, बिक्री, सेवातर्फ १ अर्ब ५७ अर्ब २१ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो ।

तर, निकासीतर्फ ५८.२७ प्रतिशत कम अर्थात् २९ करोड १७ लाख रुपैयाँ, पूर्वाधारतर्फ ३४.८५ प्रतिशत कम अर्थात् २० अर्ब ६३ करोड रुपैयाँ, भन्सारको अन्य आयतर्फ ५६.७३ प्रतिशत कम अर्थात् ६६ करोड १९ लाख रुपैयाँ, कृषि सुधार शुल्कतर्फ ५०.३८ प्रतिशत कम अर्थात् ६ अर्ब ५३ करोड रुपैयाँ, सडक मर्मत तथा सुधार दस्तुरतर्फ १९.०९ प्रतिशत अर्थात् ८ अर्ब ८४ करोड रुपैयाँ, सडक निर्माण तथा सम्भार दस्तुरतर्फ ५.८३ प्रतिशत अर्थात् ४ अर्ब ३१ करोड रुपैयाँ, मूल्य अभिवृद्धि करतर्फ २७.१० प्रतिशत कम अर्थात् ३ खर्ब १० अर्ब रुपैयाँ र उत्पादन, बिक्री, सेवातर्फ १७.२४ प्रतिशत कम अर्थात् १ खर्ब ३० अर्ब रुपैयाँ राजस्व संकलन गरेकोछ ।

यस्तै, पैठारी शिर्षकमा २ खर्ब ६८ अर्ब रुपैयाँ, अन्तःशुल्कमा २ खर्ब ७ अर्ब रुपैयाँ, आन्तरिक उत्पादनमा १ खर्ब ५५ अर्ब रुपैयाँ, पैठारीमा ५१ अर्ब ६३ करोड रुपैयाँ, आयकरमा ३ खर्ब ६२ अर्ब रुपैयाँ, आयकरमा ३ खर्ब २ अर्ब रुपैयाँ, ब्याज करमा ५९ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । तर, पैठारीमा ३२.८७ प्रतिशत कम अर्थात् १ खर्ब ८० अर्ब रुपैयाँ, अन्तःशुल्कमा २९.३७ प्रतिशत अर्थात् १ खर्ब ४६ अर्ब रुपैयाँ, आन्तरिक उत्पादनमा २९.८० प्रतिशत अर्थात् १ खर्ब ९ अर्ब रुपैयाँ, पैठारीमा २८ प्रतिशत अर्थात् ३७ अर्ब १४ करोड रुपैयाँ मात्रै राजस्व संकलन गरेको हो ।

Share News