काठमाडौं । असारमा मात्रै एक करोडभन्दा बढीको आयोजनामा ११ अर्ब ३७ करोड रुपैयाँको रकमान्तर भएको छ । अर्थमन्त्रालयले असारमा मात्रै १ करोड बढीको आयोजनामा ११ अर्ब ३७ करोड ३१ लाख १० हजार रुपैयाँ बजेट रकमान्तर भएको बताएको हो ।
विभिन्न मन्त्रालयका विभिन्न निकायमार्फत् ठूलो रकम रकमान्तर भएको देखिएको छ । सरकारी निकायले आर्थिक वर्षको अन्त्यतिर नियमविपरीत ठूलो रकम रकमान्तर गर्ने गरेको विगतको प्रवृतिअनुसार गत वर्षको असारमा पनि सो बजेट रकमान्तर गरेको देखिएको हो ।
सरकारी निकायको खर्च गर्ने प्रवृत्तिमा सुधार हुन नसक्दा बर्सेनि अनियमित तरिकाले रकमान्तर हुने छ । विभिन्न मन्त्रालयहरूले कानुनबमोजिम पु¥याउनुपर्ने रीत नपु¥याई कारोबार गर्ने, लेख्नुपर्ने लेखा नराख्ने लगायत कारण खर्च नभएर अन्ततः रकमान्तर गर्ने प्रतवृति बढ्दै गइरहेको हो ।
अर्थमन्त्रालयका अनुसार सबैभन्दा ठूलो बजेट रकमान्तर अर्थमन्त्रालयमार्फत् भएको छ । अर्थमन्त्रालयले जेठ महिनामा १ करोडभन्दा बढी रकमका आयोजनामा २ अर्ब ५९ करोड रुपैयाँ रकमान्तर भएको थियो । विभिन्न ४३ वटा कार्यक्रम तथा आयोजनाका लागि ३ अर्ब २८ करोड ३८ लाख रुपैयाँ थप निकासा पनि गरेको जानकारी दिएको छ ।
यस्तै, आव २०८०/८१ मा ७ अर्ब ७५ करोड ५१ लाख रुपैयाँ बजेट थप गरेको पनि जानकारी दिएको छ ।
[pdf id=501239]