टीआरसीमा कार्यदलको सहमति जुट्यो, पीडकमाथि २५ प्रतिशत सजाय मागदाबी

<p>काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक (टीआरसी) मा सहमति जुटेको छ । गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक (टीआरसी) मा सहमति जुटेको स्रोतले बताएको छ । विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया २/३ वर्षभित्रै टुंगोमा पुर्याउन सकिने सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । गम्भीर मानव अधिकार उल्लंघनजस्ता [&hellip;]</p>

काठमाडौं । सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक (टीआरसी) मा सहमति जुटेको छ । गृह मन्त्रालयमा बसेको कार्यदलको बैठकले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधयेक (टीआरसी) मा सहमति जुटेको स्रोतले बताएको छ ।

विवादित विषयमा सहमति जुटेसँगै अब नेपालको शान्तिप्रक्रिया २/३ वर्षभित्रै टुंगोमा पुर्याउन सकिने सहजीकरण कार्यदलका सदस्य एवं एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए । गम्भीर मानव अधिकार उल्लंघनजस्ता पेचिलो बनिरहेको विषयमा सहमति भएको उनले बताए ।

सहमतिअनुसार पीडकमाथि २५ प्रतिशत सजायको मागदाबी लिएर जान पाउने प्रावधान राखिने उनको भनाइ छ ।

बैठकमा संयन्त्रका सदस्यहरू गृहमन्त्री रमेश लेखक, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य सचेतक महेश बर्तौला र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्मा थिए । बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया र कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदी पनि सहभागी थिए ।

Share News