एनआईसी एशिया क्यापिटलले घोषणा गर्याे ५ वटा म्युचुअल फण्डको लाभांश

<p>काठमाडौं । एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो । एनआईसी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत अर्थात् १७ [&hellip;]</p>

काठमाडौं । एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको साउन १६ गते बसेको बैठकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट ५ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको हो ।

एनआईसी म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड)ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ बराबरको प्रतिफल इकाईधनीहरूलाई वितरण गर्ने भएका हुन् ।

एनआईसी एशिया बैंक कोष वर्द्धक रहेका यी फण्ड डाइनामिक डेप्ट फण्ड खुलामुखी योजना हो भने अन्य सबै म्युचुअल फण्ड बन्दुमुखी योजना हुन् ।

Share News