काठमाडौं । लक्ष्मी सनराईज क्यापिटलले दुई वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई लाभांश वितरण गर्ने भएको छ । लक्ष्मी सनराईज क्यापिटलको साउन १५ गते बसेको बैठकले लक्ष्मी उन्नती कोष र लक्ष्मी भ्यालु फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।
लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित उन्नती कोषले इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ को नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्नेछ ।
यस्तै लक्ष्मी भ्यालु फण्डले इकाईधनीहरूलाई गत आर्थिक वर्ष २०८०/८१ को नफाबाट करसहित ७.५ प्रतिशत प्रतिफल वितरण गर्नेछ ।
यी दुईटै म्युचुअल फण्डको कोष प्रवर्द्धक लक्ष्मी सनराईज बैंक र योजना व्यवस्थापक लक्ष्मी सनराईज क्यापिटल रहेको छ ।