सुधिर बस्नेतले भने : ६ महिनाभित्र बचतकर्ताको पैसा फिर्ता गर्छु

<p>काठमाडौं । ओरियन्टल कोअपरेटिभका अध्यक्ष सुधिर बस्नेतले ६महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेका छन् । बुधबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको छलफल उनले यस्तो प्रतिबद्धता गरेका हुन् । उनले समय पाएर सहयोग हुँदा २ अर्ब ८० करोडमध्ये १ अर्ब ८० करोडको समाधान ६ महिनाभित्र र बाँकी पनि समाधान गर्नसक्ने [&hellip;]</p>

काठमाडौं । ओरियन्टल कोअपरेटिभका अध्यक्ष सुधिर बस्नेतले ६महिनाभित्र बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेका छन् । बुधबार सहकारी संस्था वचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको छलफल उनले यस्तो प्रतिबद्धता गरेका हुन् ।

उनले समय पाएर सहयोग हुँदा २ अर्ब ८० करोडमध्ये १ अर्ब ८० करोडको समाधान ६ महिनाभित्र र बाँकी पनि समाधान गर्नसक्ने प्रतिबद्धता व्यक्त गरेको समितिका सभापति सुर्य थापाले जानकारी दिएका छन् । बस्नेतले समितिसमक्ष सहयोग र उपयुुक्त वातावरण निर्माण गर्न पनि आग्रह गरेको थापाको भनाइ छ ।

समितिले आफ्नो २६ औं बैठक बुधबार ओरियन्टल कोअपरेटिभका अध्यक्ष बस्नेतसँगै उनका कानुन व्यवसायी मधुकुमार चौलागाईंसँग गरेको छ ।

विगत १२ बर्षदेखि समस्याग्रस्त सहकारीका रूपमा हाल व्यवस्थापन समितिअन्तर्गत रहेको ओरियन्टल, कोहिनुर हिल, कन्जुमर, भेगास , प्यासिफिक लगायत ५ वटा सहकारी संस्थाले वचत फिर्ता सम्बन्धमा के गरिरहेका छन् ? भन्ने विषयमा समितिले उनीसँग जवाफ माग गरेको थियो । समितिको जिज्ञासको जवाफ दिँदै बस्नेतले छिटोभन्दा छिटो सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने प्रतिवद्धता गरेका हुन् ।

Share News