ब्रिफिङ लिएको एक दिनमै प्रधानमन्त्रीले गरे २१ सचिवको सरुवा, अर्थसचिव बने घिमिरे

<p>काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुसँग छलफल गरेको एक दिनमै सरुवा गरेका छन् । उनले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ । दिनेशकुमार घिमिरेले राजस्व [&hellip;]</p>

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवहरुसँग छलफल गरेको एक दिनमै सरुवा गरेका छन् । उनले एकै पटक २१ जना सचिवहरुको सरुवा गरेका हुन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले अर्थ सचिवमा हालका राजस्व सचिव रामप्रसाद घिमिरेलाई जिम्मेवारी दिने निर्णय गरेको छ भने अर्थसचिव रहेका मधुकमार मरासिनीलाई उपराष्ट्रपति कार्यालयमा सरुवा गरिएको छ ।

दिनेशकुमार घिमिरेले राजस्व सचिवको जिम्मेवारी पाएका छन् । उनी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा वाणिज्य सचिव थिए ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल ऊर्जा सचिवमा सरुवा भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिव रहेका मुकुन्दप्रसाद निरौला श्रम मन्त्रालयमा सरूवा भएका छन् ।

हाल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सचिव रहेका घनश्याम उपाध्यायको अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएको छ । हालका अख्तियारमा सचिव रहेका रामेश्वर दंगाललाई रक्षा मन्त्रालयमा सरुवा गरिएको छ ।

डिल्लीराम शर्माको राष्ट्रपतिको कार्यालयबाट लोकसेवा आयोगमा सरूवा भएको छ । लोकसेवा आयोगका सचिव राजकुमार श्रेष्ठको प्रधानमन्त्री कार्यालयमा सरूवा भएका छन् ।

यस्तै, भूमी व्यवस्था सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव अर्जुन प्रसाद पोखरेल बनेका छन् । उनी हाल राष्ट्रिय तथ्यांक कार्यालयमा थिए । हाल भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रहेका गोकर्णमणि दुवाडी राष्ट्रिय तथ्यांक कार्यालय पुगेका छन् ।

Share News