निर्वाचन आयुक्तमा सिफारिस प्रधानले लिए नाम फिर्ता

<p>काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् । नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका छन् । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको जानकारी दिए । नाम फिर्ता लिने तयारी गरेपछि संसदीय सुनुवाई समितिको बैठक सोमबार [&hellip;]</p>

काठमाडौं । निर्वाचन आयुक्तमा सिफारिस कृष्णमान प्रधानले आफ्नो नाम फिर्ता लिएका छन् ।

नैतिक चरित्रमा प्रश्न उठेपछि संसदीय सुनुवाइ समितिबाट अनुमोदन नहुने देखेपछि प्रधानले सोमबार नाम फिर्ता लिएको निवेदन समितिमा दर्ता गराएका छन् ।

संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले प्रधानको पत्र आएको जानकारी दिए । नाम फिर्ता लिने तयारी गरेपछि संसदीय सुनुवाई समितिको बैठक सोमबार बिहान साढे ११ बजेबाट अपरान्ह ५ बजेका लागि सारिएको थियो ।

प्रधानको पत्र साँझ ५ बजे बस्ने समितिको बैठकमा पेस हुने र त्यसपछि समितिले आवश्यक निर्णय गर्ने बताइएको छ ।

निर्वाचन आयुक्तमा सिफारिस भएका प्रधानविरुद्ध संसदीय सुनुवाइ समितिमा यौन हिंसा र दुर्व्यवहारको उजुरी परेको थियो । प्रधानले जागिर लगाइदिने प्रलोभनमा आफूसँग पटक-पटक यौन शोषण गरेको उजुरी उनीविरूद्ध परेको थियो ।

ती उजुरीकर्ताले यौन दुर्व्यवहारविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरे पनि १ करोड २५ लाख रुपैयाँमा मिलापत्र गरेकी थिइन् ।

Share News