सरकारले नागरिक उडडयन प्राधिकरणका महानिर्देशकलाई तत्काल निलम्बन गर्नुपर्छ : सांसद जबरा

<p>काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् । प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्वन गरेर सौर्य एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय [&hellip;]</p>

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका सांसद उदयसमशेर जबराले नेपाल नागरिक उडडयन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीलाई तत्काल निलम्बन गर्न सरकारसँग माग गरेका छन् ।

प्राधिकरणकै कारण हवाई दुर्घटना भइरहेकाले सरकारले जिम्मेवारी निकाय र व्यक्तिको रुपमा त्यसको नेतृत्वलाई निलम्वन गरेर सौर्य एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन कार्यलाई तिब्रता दिनुपर्ने बताए । सोमबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद जबराले प्राधिकरणले हवाई सेवा सुरक्षाका लागि कुनै प्राथमिकता नदिएको जिकिर पनि गरे । विमानको मर्मत, सम्भारका लागि बजेटको कमी हुँदा पनि विमानहरु दुर्घटना हुन गएको सांसद जबराको भनाई थियो ।

उनले भने, ‘अहिलेको डिजीले राजीनामा दिनुपर्दैन रु अथवा डिजीले राजीनामा नदियो भने नेपाल सरकारले अनुसन्धान चलिरहेको बेलासम्म त्यो डिजीलाई सस्पेन्स गर्नु पर्दैन रु हामीले यो विभिन्न घटनाहरु हुन्छ । हामी सबैले संसदमा बोल्छौं । यो बस दुर्घटना होस् कि एयर दुर्घटना होस् ’

सांसद जबराले सरकारले नियमक निकायको रुपमा रहेको सो प्राधिकरणलाई जिम्मेवार बनाएर मात्रै हवाई सेवालाई सुरक्षित र भरपर्दो बनाउन सक्ने पनि बताए ।

Share News