काठमाडौं । विद्यार्थी बोकेर स्कुल जाँदै गरेको बस सोमबार बिहान दुर्घटना हुँदा पोखरामा एक महिलाको मृत्यु भएको छ । ती महिला सोही बसको कर्मचारी भएको बताइएको छ ।
बसमा २२ विद्यार्थीसहित २४ जना सवार थिए । दर्जन बढी विद्यार्थी घाइते भएको वडा प्रहरी कार्यालय बैदमका प्रहरी नायब उपरीक्षक सुन्दर श्रेष्ठले बताए ।
घरबाट विद्यार्थी लिएर स्कुल जादै गरेको एलपी देवकोटा मेमेरियलको बस पोखराको फुस्रेखोलानेर दुर्घटनामा परेको हो । ग१क ६३१९ नम्बरको बस सडकबाट झन्डै ६० मिटर तल खसेको छ ।
घाइते विद्यार्थीको पोखराका विभिन्न अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।