निलम्बित मुख्यसचिव अर्याललाई ५० हजार धरौटीमा रिहा गर्न विशेष अदालतको आदेश

<p>काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्न आदेश दिइएको छ । आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार धरौटी तारेखमा रिहा गर्न आदेश दिएको हो । मुख्यसचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले [&hellip;]</p>

काठमाडौं । निलम्बित मुख्यसचिव बैकुण्ठ अर्याललाई ५० हजार रुपैयाँ धरौटी तारेखमा रिहा गर्न आदेश दिइएको छ ।

आइतबार विशेष अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर, सदस्य न्यायाधीशहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले ५० हजार धरौटी तारेखमा रिहा गर्न आदेश दिएको हो ।

मुख्यसचिव अर्याल सञ्चार मन्त्रालयका सचिव हुँदा अन्तशुल्क स्टिकर छपाइमा हिनामिना भएको भन्दै अख्तियारले मुद्दा दायर गरेको थियो । अख्तियारले ३८ करोड ६७ लाख १७ हजार ६ सय ४० रुपैयाँ बिगो दाबी गरेको थियो ।

Share News