पूर्वमन्त्री गोविन्दराज जोशीलाई भ्रष्टाचार मुद्दामा ६९ लाख जरिवाना र ९ महिना कैद

<p>काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गरेको हो । सर्वोच्चले ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको फैसला सुनाएको छ । विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ [&hellip;]</p>

काठमाडौं । पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले विशेष अदालतले गरेको फैसलालाई सदर गरेको हो । सर्वोच्चले ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको फैसला सुनाएको छ ।

विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

विशेषको फैसलाविरुद्ध जोशीले फागुन, २०६९ मा सर्वोच्चमा पुनरावेदन दिएका थिए । विशेषले उनलाई भ्रष्टाचारी नै ठहर गरेपछि उनी सर्वोच्च गएका थिए ।

अहिले सर्वोच्चबाट पनि उनी दोषी ठहर भएका छन् ।

Share News