प्रधानमन्त्री ओलीको कमजोरी भेटिए खरो ढंगले अभिव्यक्ति दिइन्छ : विश्वप्रकाश शर्मा

<p>काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कम भएर प्रधानमन्त्री, मन्त्रीहरूबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् । महामन्त्री शर्माले कुरा कम [&hellip;]</p>

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको कमजोरी भेटिए खरो टिप्पणी गर्ने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले राम्रो काममा सरकारलाई निरन्तर साथ दिने र कम भएर प्रधानमन्त्री, मन्त्रीहरूबारे पनि संसद र बाहिर पनि खरो अभिव्यक्ति दिने बताएका हुन् ।

महामन्त्री शर्माले कुरा कम र काम बढी गर्न पनि सरकारलाई सुझाव दिए । एक्काइसौं शताब्दीको कामको प्रचार स्वयं काम आफैँले गर्ने भएकाले सरकारले त्यसैमा केन्द्रित भएर अघि बढ्नुपर्ने उनको भनाइ थियो ।

महामन्त्री शर्माले लामो संघर्षबाट आएका कांग्रेस–एमालेले नेतृत्वको सरकारले देशमा नयाँ आशा, नयाँ विश्वासलाई भर्नेगरी काम गर्ने विश्वास पनि व्यक्त गरे ।

वर्तमान सरकारले आफूलाई गतिशील, जिम्मेवार, एकताबद्ध, पारदर्शी र दृढ ढंगले शहीदको शपथ खाएर कार्य गर्न सक्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले त्यसमा आफूहरूले बलियो साथ दिने बताए ।

महामन्त्री शर्माले सुशासनको पक्षमा सरकारले आफैँभित्र कमी भए पनि खोजी गर्नसक्ने सामर्थ्य राख्नुपर्ने बताए ।

Share News