काठमाडौं । भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालको पहिरोसँगै बेपत्ता दुईवटा यात्रु बसको खोजीका लागि आएको भारतीय टोली आइतबार यत्तिकै फर्किएको छ ।
गत साउन ५ गते उच्च नेशनल डिजास्टर रेस्पोन्स फोर्स ९एनडीआरएफ० को प्रविधियुक्त भारतीय टोली यात्रु बस खोजीका लागि नेपाल आएको थियो ।
सशस्त्र प्रहरी र नेपाली सेनाको गोताखोर टोलीसँगै आठ दिनसम्म भारतीय टोलीले बस खोजी कार्य गरेको थियो ।
भारतीय टोलीको प्रयास असफल भएपछि अब सशस्त्र प्रहरी र नेपाली सेनासहितले फरक तरिकाले खोजी कार्यलाई निरन्तरता दिने जनाइएको छ । भारतीय टोलीलाई गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयको समन्वयमा बस खोज्न डाकिएको थियो ।