बयानका लागि निलम्बित मुख्यसचिव अर्याल विशेष अदालतमा उपस्थित

<p>काठमाडौं । भ्रष्टाचार मुद्दा लागेर निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयानका लागि अदालतमा उपस्थित भएका हुन् । आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, [&hellip;]</p>

काठमाडौं । भ्रष्टाचार मुद्दा लागेर निलम्बित मुख्यसचिव डा. बैकुण्ठ अर्याल विशेष अदालतमा उपस्थित भएका छ्न । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको ३५ दिनपछि अर्याल बयानका लागि अदालतमा उपस्थित भएका हुन् ।

आइतबार अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासमा उनले बयान दिनेछन् । बयान दिएपछि उनलाई थुनामा पठाउने, धरौटीमा वा साधारण तारिखमा रिहा गर्नेबारे आदेश हुनेछ ।

अर्यालमाथि सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रको अन्तशुल्क स्टिकर छाप्न ठेक्का दिँदा भ्रष्टाचार गरेको आरोप लागेको थियो । भ्रष्टाचार मुद्दा दायर भएपछि उनलाई राष्ट्रिय योजना आयोगमा विशेष पद स्थापना गरी सरुवा गरिएको थियो ।

Share News