बागमतीका मुख्यमन्त्री लामाले १५ मा विश्वासको मत लिने

<p>काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् । प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री लामाको विश्वासको मतका लागि १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) [&hellip;]</p>

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले साउन १५ गते विश्वासको मत लिने भएका छन् ।

प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले मुख्यमन्त्री लामाको विश्वासको मतका लागि १५ साउन दिउँसो ३ बजेका लागि बैठक आह्वान गरेका छन् ।

नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गर्ने प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।

नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलका नेता लामा एमालेको समर्थनमा साउन ९ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

Share News