काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको सञ्चालक डा. तारा प्रसाद पोखरेलले राजीनामा दिएका छन् । लामो समयदेखि कम्पनीको सञ्चालक पदमा रहेका डा. पोखरेलले व्यक्तिगत कारण देखाई राजीनामा दिएका कम्पनी सचिव विनय चिपालुले जानकारी दिए ।
साथै कम्पनी सञ्चालक समितिले डा. पोखरेलले दिएको राजीनामा स्वीकृत गरेको छ । साउन १० गतेदेखि लागू हुने गरी उनको राजीनामा स्वीकृत भएको कम्पनी सविच चिपालुले बताए ।