अस्ट्रेलियामा दशक यताकै बढी सडक दुर्घटना

<p>काठमाडौं । अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको संख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ । अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा मंगलबार प्रकाशित तथ्यांकले जुलाई २०२३ को शुरुदेखि २०२४ जुनको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियाको सडकमा १ हजार ३१० जनाको मृत्यु भएको देखाएको छ । यसले सन् २०२२–२३ को सोही अवधिको तुलनामा ११.७ प्रतिशतले वृद्धि भएको [&hellip;]</p>

काठमाडौं । अस्ट्रेलियाको सडकमा मृत्यु हुनेको संख्या एक दशक यताकै उच्च स्तरमा पुगेको छ ।

अस्ट्रेलियन अटोमोबाइल एशोसिएशन (एएए) द्वारा मंगलबार प्रकाशित तथ्यांकले जुलाई २०२३ को शुरुदेखि २०२४ जुनको अन्त्यसम्मको १२ महिनाको अवधिमा अस्ट्रेलियाको सडकमा १ हजार ३१० जनाको मृत्यु भएको देखाएको छ ।

यसले सन् २०२२–२३ को सोही अवधिको तुलनामा ११.७ प्रतिशतले वृद्धि भएको छ । संघीय सरकारले राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत सन् २०२१ मा राष्ट्रिय सडक सुरक्षा रणनीति अन्तर्गत राष्ट्रिय सडक मृत्युमा ५० प्रतिशत र गम्भीर घाइतेलाई ३० प्रतिशतले घटाउने लक्ष्य राखेको छ ।

Share News