सपोर्ट लघुवित्तको नाफामा ७५ प्रतिशत उछाल, एनपीएल पनि घटायो

<p>काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७५ प्रतिशत बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ [&hellip;]</p>

काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्थाको गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमासमा खुद नाफा ७५ प्रतिशत बढेर २ करोड ३८ लाख ४३ हजार रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा लघुवित्तले १ करोड ३६ लाख २२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

गत असारसम्म लघुवित्तको खुद ब्याज आम्दानी १८.१९ प्रतिशत बढेर ८ करोड २९ लाख ९९ हजार रुपैयाँ गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा लघुवित्तले ७ करोड २ लाख २३ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

यसअवधिमा लघुवित्तको कुल सञ्चालन आम्दानी २८.६६ प्रतिशत बढेर १० करोड ८७ लाख ४६ हजार रुपैयाँ र सञ्चालन नाफा १९४.३८ प्रतिशत बढेर १ करोड ९७ लाख ९१ हजार रुपैयाँ छ ।

समीक्षा अवधिमा लघुवित्तको चुक्ता पुँजी १३ प्रतिशत बढेर १० करोड ७६ लाख १८ हजार रुपैयाँ र जगेडा कोष २६ प्रतिशत बढेर ५ करोड ३३ लाख २३ हजार रुपैयाँ सञ्चित छ । गत वर्ष लघुवित्तको सापटी १९.४१ प्रतिशत बढेर १ अर्ब २६ करोड ८० लाख रुपैयाँ, निक्षेप १५.१० प्रतिशत बढेर ३४ करोड ९१ लाख रुपैयाँ र कर्जा लगानी १४.१० प्रतिशत बढेर १ अर्ब ६६ करोड ७८ लाख रुपैयाँ गरेको छ ।

लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ७.८५ रुपैयाँ बढेर २२.१६ रुपैयाँ पुगेको छ । लघुवित्तको मूल्य आम्दानी अनुपात ८३.९५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४९.५५ रुपैयाँ रहेको छ । यसअवधिमा लघुवित्तको खराब कर्जा ०.२० प्रतिशत घटेर १.६३ प्रतिशतमा झारेको छ ।

Share News