जहाज दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा भोलि राष्ट्रिय झण्डा आधा झुकाइने

<p>काठमाडौं । सरकारले सौर्य एयरको जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा भोलि (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने जहाजहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको छ । बुधबार [&hellip;]</p>

काठमाडौं । सरकारले सौर्य एयरको जहाज दुर्घटनामा निधन भएकाहरूको शोकमा भोलि (बिहीबार) राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उक्त निर्णय गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङका अनुसार पाँच सदस्यीय जाँचबुझ आयोग गठन गरेको छ भने जहाजहरूको अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिइएको छ ।

बुधबार बिहान प्राविधिक परीक्षणका लागि काठमाडौंबाट पोखरा विमानस्थलतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको थियो । दुर्घटना हुँदा १८ जनाको निधन भएको थियो भने पाइलट गम्भीर घाइते भएका छन् ।

Share News