निर्वाचन आयुक्तमा सिफारिस प्रधानको विषयमा समितिले अर्को बैठकबाट मात्रै निर्णय लिने

<p>काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सिफारिसबारे अर्को बंठकबाट मात्र निर्णय गर्ने भएको छ । प्रधानको विषयम बुधबार भएको सुनुवाइपछि समितिका सदस्यबीच अर्को बैठकबाट टुंगो लगाउने सहमति भएको हो । महिलालाई जागिर लगाइदिने प्रलोभनमा यौन दुराचार गरेको भन्दै प्रधानमाथि परेको उजुरीमा परेको थियो । सुनुवाइ समितिमा अधिकांश सांसदहरूले उजुरी [&hellip;]</p>

काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयुक्तमा सिफारिस भएका कृष्णमान प्रधानको सिफारिसबारे अर्को बंठकबाट मात्र निर्णय गर्ने भएको छ ।

प्रधानको विषयम बुधबार भएको सुनुवाइपछि समितिका सदस्यबीच अर्को बैठकबाट टुंगो लगाउने सहमति भएको हो ।

महिलालाई जागिर लगाइदिने प्रलोभनमा यौन दुराचार गरेको भन्दै प्रधानमाथि परेको उजुरीमा परेको थियो । सुनुवाइ समितिमा अधिकांश सांसदहरूले उजुरी केन्द्रित प्रश्न प्रधानलाई राखेका थिए ।

अर्को बैठकमा निर्णय हुने बताइए पनि बैठक कहिले बस्ने भनेर मिति तोकिएको छैन । कानुनतः सिफारिस भएको ४५ दिनभित्र समितिबाट अनुमोदन नभएमा नियुक्तिको बाटो खुल्ने व्यवस्था छ ।

यही साउन १७ गते ४५ दिन पुग्छ । त्यसअघि कुनै निर्णय नभएमा प्रधानलाई आयुक्तको बाटो खुल्नेछ ।

Share News