जहाज दुर्घटनाका मृतकको पोस्टमार्टम गर्न २५ जनाको टोली, शव ७२ घण्टापछि दिइने

<p>काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको शव पोस्टमर्टम ७२ घन्टापछि मात्र मृतकको परिवारलाई दिइने भएको छ । जहाज दुर्घटनामा परी मृत्यु हुने १८ जनाको पोष्टमार्टम बुधबारबाटै सुरु भएको छ । छिटो गर्न शिक्षण अस्पतालले २५ जनाको टोली पोस्टमार्टम गर्न खटाएको छ । पोष्टमार्टमका लागि समय लाग्ने भएकाले ७२ घण्टाको समय दिनुपरेको [&hellip;]</p>

काठमाडौं । सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परी मृत्यु भएका व्यक्तिको शव पोस्टमर्टम ७२ घन्टापछि मात्र मृतकको परिवारलाई दिइने भएको छ ।

जहाज दुर्घटनामा परी मृत्यु हुने १८ जनाको पोष्टमार्टम बुधबारबाटै सुरु भएको छ । छिटो गर्न शिक्षण अस्पतालले २५ जनाको टोली पोस्टमार्टम गर्न खटाएको छ ।

पोष्टमार्टमका लागि समय लाग्ने भएकाले ७२ घण्टाको समय दिनुपरेको जनाइएको छ । दुर्घटनास्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरबाटबाट १८ जनाकै शव महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल लगिसकिएको छ ।

सौर्यको ९ एन–एएमई (सिआरजे २०० ) कलसाइनको जहाज बुधबार बिहान दुर्घटनामा परेको थियो । जहाजमा जहाजका क्याप्टेन मनिषरत्न शाक्यबाहेक अरू सबैको मृत्यु भएको छ ।

Share News