काठमाडौं । बुधबार बिहान ११ बजेतिर दुर्घटनामा परेको सौर्य एयरलाइन्सको अवस्था बुझ्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले घट्नास्थलको भ्रमण गरेका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलबाट पोखराका उडेको सौर्य एयरलाइन्सको ९-एनए एमई विमान विमानस्थलको परिसरभित्रै दुर्घटना परेलगत्तै मन्त्री पाण्डे घटनास्थल पुगेका थिए ।
उनले जहाजका पाइलट मनिषरत्न शाक्यको सिनामंगलस्थित केएमसी अस्पतालमा पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन् ।
दुर्घटनामा परी १८ जनाको निधन भएको छ । मन्त्री पाण्डेले घटनाबारे सम्बद्ध अधिकारीसँग छलफल अघि बढाएका छन् । उनले नेपाल वायुसेवा निगमलगायत सम्बद्ध निकायका अधिकारीहरुसँग घटनाको अध्ययन गर्न छलफल अगाडि बढाएको बताए ।
आगामी दिन सजग रहन साथै घटना के कसरी भयो, मानवीय र प्राविधिक कमजोरी के थियो पत्ता लगाउन मन्त्री पाण्डेले सम्बन्धित निकायका कर्मचारीहरुसँग छलफल अगाडि बढाएका हुन् ।