काठमाडौं । सौर्य एयरलाइन्सको विमान दुर्घटनामा घाइते भएका पाइलट मनिषरत्न शाक्यको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ ।
काठमाडौं मेडिकल कलेजका अनुसार बुधबार अन्तर्राष्ट्रिय विमानस्थलस्थित सौर्य एयरको ९-एनए एमई विमान दुर्घटनामा परेका शाक्यको अवस्था खतरामुक्त रहेको हो ।
शाक्यको मेरुदण्डको अपरेसन गरिएको छ । यस्तै उनको टाउकोमा पनि चोट लागेकाले न्यूरो सर्जरी गर्ने र आँखामाथिको भागमा लागेको चोटको पनि अपरेसन गर्नुपर्ने अस्पताल स्रोतले जानकारी दिएको छ ।
अस्पतालका अनुसार उनी हाल बोल्न सक्ने अवस्थामा छन् ।