उपसभामुख रानालाई हटाउन माग गर्दै समितिमा उजुरी दर्ता

<p>काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ। भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उपसभामुख रानालाई माग गर्दै निवेदन दर्ता गरेका हुन् । उपसभामुख रानाले संसद सचिवालय र आफ्नो पदको दुरुपयोग गरी पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको दाबी उजुरीमा छ । उपसभामुखलाई [&hellip;]</p>

काठमाडौं । उपसभामुख इन्दिरा राना मगरलाई पदबाट हटाउन माग गर्दै प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिमा उजुरी परेको छ।

भक्तपुरको बालकोटका अर्जुन बास्कोटाले उपसभामुख रानालाई माग गर्दै निवेदन दर्ता गरेका हुन् । उपसभामुख रानाले संसद सचिवालय र आफ्नो पदको दुरुपयोग गरी पदीय मर्यादाविपरीत अमेरिकी राजदूतावासमा गैरसांसद व्यक्तिलाई भिसा सिफारिस गरेको दाबी उजुरीमा छ ।

उपसभामुखलाई पद दुरुपयोग गरेको अभियोगमा हटाउन बास्कोटाको माग छ ।

‘कमिसन अन द स्टाटस अफ वुमन’ को ६७औं सत्रमा भाग लिन जानका लागि उपसभामुख रानाले पाँच जनाका लागि अन्तर्वार्ताको मिति अघि सार्न अमेरिकी दूतावासलाई लेखेको पत्र यतिबेला शंकाको घेरामा परेको छ ।

२६ फेब्रुअरी २०२३ मा उपसभामुख रानाले उपेन्द्र गौतम, सुस्मा लामा, राजेश लामा तामाङ, सुजन घर्तीमगर र धनप्रसाद गुरुङको अन्तर्वार्ता अघि बढाउन आग्रह गर्दै पत्र लेखिको तथ्य बाहिरिएको थियो ।

Share News