दुर्घटनाको उद्धार अभ्यास गरेको ४५ दिनमै खस्यो सौर्य एयरलायन्स

<p>काठमाडौं । उद्धार अभ्यास गरेको ४५ दिनमै त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको छ । गत जेठ २८ गते त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धार अभ्यास गरिएको थियो । तर, उद्धार अभ्यासको ४५ दिन अर्थात् डेढ महिनामा नबित्दै सौर्य एयरलायन्सको विमान बुधबार दुर्घटनामा परेको हो । त्रिभुवन विमानस्थल संकटकालीन योजना अन्तर्गत हवाई उडान तथा सुरक्षा र मेडिकल [&hellip;]</p>

काठमाडौं । उद्धार अभ्यास गरेको ४५ दिनमै त्रिभुवन विमानस्थलमा विमान दुर्घटनामा परेको छ । गत जेठ २८ गते त्रिभुवन विमानस्थलमा विमान दुर्घटना उद्धार अभ्यास गरिएको थियो । तर, उद्धार अभ्यासको ४५ दिन अर्थात् डेढ महिनामा नबित्दै सौर्य एयरलायन्सको विमान बुधबार दुर्घटनामा परेको हो ।

त्रिभुवन विमानस्थल संकटकालीन योजना अन्तर्गत हवाई उडान तथा सुरक्षा र मेडिकल एवं उद्दार सम्बद्ध विभिन्न निकायको सहभागितामा विमान दुर्घटनासम्बन्धी पूर्णकालीन अभ्यास गरिएको थियो । त्रिभुवन विमानस्थल परिसरमा विमान आगलागी पश्चात् नमूना उद्धार अभ्यास गरिएको थियो ।

अभ्यासको मुख्य उद्देश्य भनेको संकटको अवस्थामा सहभागी हुने विभिन्न निकायबीच सहयोग अभिवृद्धि गराउनु हुन्छ । साथै सहभागी निकायले निर्वाह गर्ने भूमिका तथा जिम्मेवारीको मूल्यांकन गरी सम्बद्ध पक्षको क्षमता अभिवृद्धि गराई दुर्घटनाको अवस्थामा जनधनको क्षति न्यून गराउने र विमानस्थलको सञ्चालन छिटोभन्दा छिटो सुचारू गराउनु हो ।

Share News