डलरको मूल्य हालसम्मकै उच्च, अन्य देशको पनि बढ्यो

<p>काठमाडौं । डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । यसअघि सबै मूल्यको रकेर्ड तोड्दै बुधबार हालसम्मकै उच्च १३४.२१ रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले बुधबार (साउन ९ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२१ रुपैयाँ तोकेको छ । यसअघि गत शनिबार डलरको बिक्रीदर १३४.१७ रुपैयाँ थियो । [&hellip;]</p>

काठमाडौं । डलरको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेको छ । यसअघि सबै मूल्यको रकेर्ड तोड्दै बुधबार हालसम्मकै उच्च १३४.२१ रुपैयाँ पुगेको हो । नेपाल राष्ट्र बैंकले बुधबार (साउन ९ गते) का लागि अमेरिकी डलरको खरिददर १३३.६१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १३४.२१ रुपैयाँ तोकेको छ । यसअघि गत शनिबार डलरको बिक्रीदर १३४.१७ रुपैयाँ थियो ।

आज युरोपियन युरो एकको खरिददर १४५.१९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.८४ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.४८ रुपैयाँ र बिक्रीदर १७३.२५ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.५१ रुपैयाँ र बिक्रीदर ८८.९१ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.१२ रुपैयाँ र बिक्रीदर ९७.५६ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६४ रुपैयाँ र बिक्रीदर ३६.८० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६२ रुपैयाँ र बिक्रीदर ३५.७८ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३८ रुपैयाँ र बिक्रीदर ३६.५४ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.६० रुपैयाँ र बिक्रीदर २८.७३ रुपैयाँ तोकिएको छ ।

Share News