अर्थमन्त्रालयले भन्यो : जतिसक्दो छिटो एसटीआई स्थापना हुनुपर्छ

<p>काठमाडौं । अर्थमन्त्रालयले सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक (एसटीआई) आवश्यक पर्ने बताएको छ । मन्त्रालयले सहकारीमा प्रभावकारी नियमन नहुँदा समस्या सिर्जना भएको उल्लेख गर्दै अब यो क्षेत्रको सुधारका लागि जतिसक्दो छिटो एसटीआई आवश्यक पर्ने बताएको हो । अर्थमन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गदै सहकारी क्षेत्रमा संकट आउनुको प्रमुख कारण नै कमजोर नियमन रहेको [&hellip;]</p>

काठमाडौं । अर्थमन्त्रालयले सहकारी संस्थाको नियमनका लागि दोस्रो तहको नियामक (एसटीआई) आवश्यक पर्ने बताएको छ । मन्त्रालयले सहकारीमा प्रभावकारी नियमन नहुँदा समस्या सिर्जना भएको उल्लेख गर्दै अब यो क्षेत्रको सुधारका लागि जतिसक्दो छिटो एसटीआई आवश्यक पर्ने बताएको हो ।

अर्थमन्त्रालयले मंगलबार प्रेस विज्ञप्ति जारी गदै सहकारी क्षेत्रमा संकट आउनुको प्रमुख कारण नै कमजोर नियमन रहेको धारणा उल्लेख गरेको हा ।

वित्तीय सहकारीको नियमन फितलो हुँदा अहिले संकट सिर्जना भएको मन्त्रालयको भनाइ छ । अब यो समस्यको समाधान गर्न जतिसक्दो छिटो एसटीआई निर्माण गर्नु पर्ने मन्त्रालयको भनाइ छ । सरकारले अहिले सहकारीको नियमनका लागि सहकारी प्राधिकरण नै स्थापना गर्ने तयारी गरिरहेको छ ।

Share News