५ हजार घुस प्रकरणमा छानबिन गर्न समिति गठन

<p>काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत आइतबार प्रतिनिधिसभा बैठकमा सांसद वीरेन्द्रप्रसाद महतोले समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको गुनासो गरेपछि छानबिन समिति गठन गरेको छ । मन्त्रालयले मंगलबार विज्ञप्ति नै जारी गरेर छानबिन गरी ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको [&hellip;]</p>

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत आइतबार प्रतिनिधिसभा बैठकमा सांसद वीरेन्द्रप्रसाद महतोले समकक्षताको प्रमाणपत्र लिँदा घुस दिनुपरेको गुनासो गरेपछि छानबिन समिति गठन गरेको छ ।

मन्त्रालयले मंगलबार विज्ञप्ति नै जारी गरेर छानबिन गरी ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको जानकारी दिएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘प्रतिनिधिसभाको मिति २०८१/०४/०६ गतेको बैठकमा प्रतिनिधिसभाका माननीय सदस्यज्यूहरूबाट शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत पाठ्यक्रम विकास केन्द्रबाट जारी हुने समकक्षताको प्रमाणपत्र प्रदान गर्दा भए गरिएको काम कारबाहीका सम्बन्धमा उठाइएको विषयमा समकक्षताको प्रमाणपत्र लिँदा अपनाउनुपर्ने प्रक्रिया, सोमा लाग्ने दस्तुरलगायतका विषयवस्तुका सम्बन्धमा आवश्यक छानबिन गरी ७ दिनभित्र सुझावसहितको प्रतिवेदन पेस गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रका उपमहानिर्देशकको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको ब्यहोरा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय मन्त्रीस्तरको मिति २०८/र०४/०७ को निर्णयअनुसार सम्बन्धित सबैमा सूचित गरिन्छ ।’

Share News