विद्युत प्राधिकरण वितरण केन्द्र कृष्णनगरले संकलन गर्‍यो १ अर्ब २८ करोड राजस्व

<p>कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व संकलन गरेको छ । वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा केन्द्रले ३७.८६ प्रतिशत बढी राजस्व संकलन गरेको हो । प्रमुख पौडेलले भने, ‘आव २०७९/८० मा [&hellip;]</p>

कपिलवस्तु । नेपाल विद्युत् प्राधिकरण कृष्णनगर वितरण केन्द्रले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब २८ करोड ७९ लाख ५१ हजार सात सय ९२ रुपैयाँ ६५ पैसा राजस्व संकलन गरेको छ ।

वितरण केन्द्रका प्रमुख सुशील पौडेलका अनुसार गत आवको तुलनामा केन्द्रले ३७.८६ प्रतिशत बढी राजस्व संकलन गरेको हो ।

प्रमुख पौडेलले भने, ‘आव २०७९/८० मा कृष्णनगर वितरण केन्द्रले ९३ करोड ४२ लाख २३ हजार ८ सय ५१ रुपैयाँ २५ पैसा संकलन गरेको थियो ।’

गत आवमा नेपाल विद्युत प्राधिकरण कृष्णनगर वितरण केन्द्रमार्फत १३ करोड ९३ लाख ७३ हजार पाँच सय ३७ युनिट खपत भएको केन्द्र प्रमुख पौडेलले जानकारी दिए । आव ०७९/८० मा ९ करोड ९२ लाख ४३ हजार २ सय ८६ युनिट खपत भएको थियो ।

गतवर्षको तुलनामा ४०.०५ प्रतिशत खपत वृद्धि भएको कृष्णनगर वितरण केन्द्रले जनाएको छ ।

प्राधिकरणले ४५ दिनको लक्ष्य लिए पनि ४१ दिनमा लक्ष्य अनुसार राजस्व संकलन गर्न सफल भएको हो । हुकिङमार्फत विद्युत चोरी गर्ने ५४ जनालाई कारबाही गरी ८ लाख १९ हजार ७ सय २२ रुपैयाँ ५४ पैसा संकलन गरेको छ ।

कालोसूचीमा परेका ६१ ग्राहकबाट ४७ लाख ७९ हजार ९६ रुपैयाँ ३१ पैसा, मिटरबाट सिधा विद्युत चोरी गर्ने १० जनामार्फत २ लाख ४४ हजार ४ सय ४१ रुपैयाँ ९६ पैसा जरिवाना रकम लिइएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले ‘डिमान्ड’ चुहावटमा परेका ८२ जनामार्फत ३ लाख ३ हजार ९ सय ५३, बन्दी मिटरबाट ४ लाख २९ हजार ४ सय ७५ रुपैया ५४ पैसा असुल गरेको छ । विद्युत महसुल शुल्क नतिरेका २ हजार ३ सय ४९ जनामार्फत ६ करोड ७५ लाख ८ सय ३३ रुपैयाँ संकलन गरेको हो ।

केन्द्रले सडक बत्तीको ७ करोड ४ लाख ३७ हजार ९ सय ८३ रुपैयाँ रुपैयाँ बक्यौता रहेको जनाएको छ । सरकारी अनुदान बक्यौता ६ करोड ६ लाख ३३ हजार १ सय ७७ रुपैयाँ ९५ पैसा रहेको छ ।

वितरण केन्द्रले कपिलवस्तुको चोरखोला गाउँमा ६२ वर्षपछि विद्युतीकरण गरी गाउँमा बत्ती बालेको छ । आव २०८०/८१ मा कृष्णननगर मातहत सञ्चालित विभिन्न १३ योजनामध्ये आठवटा सम्पन्न भएका छन् ।

बाँकी पाँच वटा योजना सञ्चालनको चरणमा छन् । कृष्णनगर वितरण केन्द्र मातहत कुल ५० हजार ५ सय ८१ ग्राहक छन् ।

Share News