भारतले नेपाललाई यो वर्ष ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने

<p>काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ । मंगलबार बजेट सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपालले पाउने अनुदान ७ अर्ब भारु ( ११ अर्ब २० करोड नेपाली रुपैयाँ) राखिएको बताएकी हुन् । भारतको नियमित बजेट फेब्रुअरीमा आउने भए पनि नयाँ सरकार गठनपछि मंगलबार [&hellip;]</p>

काठमाडौं । भारत सरकारले आर्थिक वर्ष २०२४/२५ का लागि नेपाललाई ११ अर्ब २० करोड रुपैयाँ अनुदान दिने भएको छ ।

मंगलबार बजेट सार्वजनिक गर्दै वित्तमन्त्री निर्मला सीतारमणले नेपालले पाउने अनुदान ७ अर्ब भारु ( ११ अर्ब २० करोड नेपाली रुपैयाँ) राखिएको बताएकी हुन् ।

भारतको नियमित बजेट फेब्रुअरीमा आउने भए पनि नयाँ सरकार गठनपछि मंगलबार पूर्ण बजेट ल्याइएको हो ।

वित्त वर्ष २०२३र२४ मा सुरु विनियोजन ५ अर्ब ५० करोड गरेको भारतीय सरकारले अनुदान संशोधन गरी नेपाललाई ६ अर्ब ५० करोड भारु अनुदान दिएको थियो ।

वित्त वर्ष २०२२र२३ मा भने भारतले ४ अर्ब ३४ करोड भारु अनुदान नेपाललाई दिएको थियो ।

Share News