काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नका लागि अब राष्ट्रिय परिचयपत्र अनिवार्य नहुने भएको छ ।
यसअघि गृहमन्त्रालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको निर्णय बदल्दै तत्कालका लागि अनिवार्य नभएको जनाएको हाे ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग अन्तर्गतको सामाजिक सुरक्षा शाखाले ७५३ स्थानीय तहलाई पत्र लेख्दै यस बारेमा जानकारी गराएको छ ।
