काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबार (साउन ८ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलरको खरिददर १३३.५६ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१६ रुपैयाँ तोकेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४५.३९ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४६.०५ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.७३ रुपैयाँ र बिक्रीदर १७३.५१ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८.२६ रुपैयाँ र बिक्रीदर ८९.३६ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.१६ रुपैयाँ र बिक्रीदर ९७.६० रुपैयाँ तोकिएको छ ।
राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.७९ रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३६ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.५४ रुपैयाँ र बिक्रीदर २८.६६ रुपैयाँ तोकिएको छ ।
सोमबार अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ र बिक्रीदर १३४.१७ रुपैयाँ, युरोपियन युरो एकको खरिददर १४५.३१ रुपैयाँ र बिक्रीदर १४५.९६ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५९ रुपैयाँ र बिक्रीदर १७३.३६ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.२६ रुपैयाँ र बिक्रीदर ८९.६७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.२५ रुपैयाँ र बिक्रीदर ९७.६९ रुपैयाँ थियो ।
यस्तै कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ थियो ।