अध्ययन कार्यदल गठन गर्ने सहमतिसँगै न्युरोडको फुटपाथ विवाद अन्त्य

<p>काठमाडौं । अध्ययन कार्यदल गठन गर्ने सहमतिसँगै न्युरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । सोमबार भएको वार्तापछि उक्त विवाद टुंगिएको हो । महानगरका मेयर बालेन्द्र शाह (बालेन), सरोकारवाला क्षेत्रका वडाध्यक्ष र स्थानीय अगुवाबीच भएको वार्तामा अहिले भएसम्मको फुटपाथ विस्तारलाई कायम राख्ने र बाँकी काम रोक्ने सहमति भएको छ । फुटपाथ विस्तारले पारेको प्रभाव र वडा [&hellip;]</p>

काठमाडौं । अध्ययन कार्यदल गठन गर्ने सहमतिसँगै न्युरोडको फुटपाथ विस्तारको विवाद टुंगिएको छ । सोमबार भएको वार्तापछि उक्त विवाद टुंगिएको हो ।

महानगरका मेयर बालेन्द्र शाह (बालेन), सरोकारवाला क्षेत्रका वडाध्यक्ष र स्थानीय अगुवाबीच भएको वार्तामा अहिले भएसम्मको फुटपाथ विस्तारलाई कायम राख्ने र बाँकी काम रोक्ने सहमति भएको छ ।

फुटपाथ विस्तारले पारेको प्रभाव र वडा नं २२ र २३ मा विस्तारबारे अध्ययन गर्न सुमनराज भण्डारीको नेतृत्वमा ९ सदस्यीय अध्ययन कार्यदल बनाउने सहमति भएको छ । उक्त कार्यदलले मंसिर २ गतेसम्म प्रतिवेदन बुझाउने निर्णय गरेको छ ।

न्यूरोडको फुटपाथ विस्तार गर्ने महानगर नेतृत्वको विरोधमा स्थानीय व्यापारी र वडाध्यक्ष संघर्षमा उत्रिएका थिए । सहमतिसँगै विरोधका सबै कार्यक्रम स्थगित भएको बताइएको छ ।

Share News