लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका आचार्यको दाबी पेस

<p>बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित ५६ जनाको समर्थनमा उनले दाबी पेस गरेका हुन् । प्रदेश प्रमुख अमिक शेरचनले आजै आचार्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी छ । सोमबार अपरान्ह ५ बजेसम्म दाबी पेस गर्ने समय तोकिएको छ । मुख्यमन्त्रीको [&hellip;]</p>

बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यले दाबी पेस गरेका छन् । एमालेका २९ र कांग्रेसका २७ प्रदेश सभा सदस्यको हस्ताक्षरसहित ५६ जनाको समर्थनमा उनले दाबी पेस गरेका हुन् ।

प्रदेश प्रमुख अमिक शेरचनले आजै आचार्यलाई मुख्यमन्त्री नियुक्ति गर्ने तयारी छ । सोमबार अपरान्ह ५ बजेसम्म दाबी पेस गर्ने समय तोकिएको छ ।

मुख्यमन्त्रीको दाबी पेस गर्ने क्रममा लुम्बिनी एमाले संसदीय दलका नेता एवं पूर्व मुख्यमन्त्री लीला गिरी अनुपस्थित भएका छन् ।

गिरीलाई मुख्यमन्त्री बनाउने तयारी भए पनि केन्द्रबाट अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले आचार्यलाई अघि सारेका थिए । आचार्य एमाले संसदीय दलका उपनेता हुन् ।

Share News