सांग्रिला होटलका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन

<p>काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ । सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो । पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए । होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डेले  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र [&hellip;]</p>

काठमाडौं । काठमाडौं लाजिम्पाटस्थित पाँचतारे होटल सांग्रिलाका अध्यक्ष श्यामबहादुर पाण्डेको निधन भएको छ ।

सोमबार ग्रान्डी अस्पतालमा पाण्डेको ८८ वर्षको उमेरमा निधन भएको हो ।

पाण्डेले ४० वर्षअघि होटल सांग्रिला स्थापना गरेको थिए ।

होटल एसोसिएसन अफ नेपाल (हान) का पूर्वअध्यक्षसमेत रहेका पाण्डेले  प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) लगायतका संस्थामा संलग्न रहेर पर्यटन व्यवसायको विकास र प्रवर्द्धनमा विशेष योगदान पुर्‍याएका थिए ।

पाण्डेको आजै दिउँसो ४ बजे पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।

उनका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

Share News