सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रबाट सरकारमा सहभागी मन्त्रीहरूले राजीनामा दिएका छन् । उनीहरूले अर्थ मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् ।
पत्रकार सम्मेलनमार्फत राजीनामा दिएको घोषणा गरेर मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई उक्त पत्र बुझाउने छन् ।
माओवादीतर्फबाट अर्थ मन्त्रीको जिम्मेवारीमा महेन्द्र केसी, सामाजिकमा वीरबहादुर शाही, उद्योगामा दुर्गाबहादुर रावत र ऊर्जामन्त्रीमा रणसिंह परियार थिए ।