कर्जा चुक्ता गर्न समस्याग्रस्त घोषित सिभिल सहकारीको ताकेता, नतिरे कारबाही गर्ने

<p>काठमाडौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ऋण तिर्न ताकेता गरेको छ । सहकारी संस्थाले ऋणीहरूलाई ३५ दिनभित्र ऋण तिर्ने ताकेता गरेको हो । बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार सूचना प्रकाशन गरी सावाँ ब्याज तिर्न भनेको हो । ‘प्रदेश सहकारी ऐन २०७६ को दफा [&hellip;]</p>

काठमाडौं । समस्याग्रस्त घोषित सिभिल सेभिङ एन्ड क्रेडिट कोअपरेटिभले ऋण तिर्न ताकेता गरेको छ । सहकारी संस्थाले ऋणीहरूलाई ३५ दिनभित्र ऋण तिर्ने ताकेता गरेको हो ।

बागमती प्रदेश सरकारको संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयद्वारा गठित समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सोमबार सूचना प्रकाशन गरी सावाँ ब्याज तिर्न भनेको हो ।

‘प्रदेश सहकारी ऐन २०७६ को दफा ८१ बमोजिम समस्याग्रस्त घोषित सहकारी संस्थाका ऋणीहरूले उपभोग गर्नुभएको ऋण कर्जा रकमको सावाँ ब्याज सूचना प्रकाशित गरिएको मितिले ३५ दिनभित्र यस संस्थाको बैंक खातामा जम्मा गरी सोको भौचर यस समितिको कार्यालयमा पेस गरी कर्जा राफसाफ गर्नु हुन सूचित गरिन्छ,’ सूचनामा भनिएको छ ।

साथै समयभित्र ऋण कर्जाको दायित्व राफसाफ नगरेमा प्रदेश सहकारी ऐन, २०७६ को दफा ९२ को उपदफा (१) खण्ड (क), (ख) र (ग) बमोजिम कुनै बैंक वा वित्तीय संस्थामा भएको आर्थिक कारोबार वा खाता वा अन्य चल अचल सम्पत्ति रोक्का राख्ने, राहदानी रोक्का राख्ने र कालो सूचीमा राखी कारबाही गर्ने चेतावनी दिएको छ ।

Share News