काठमाडौं । नेपाल राष्ट्र बैंकले सोमबार (साउन ७ गते) का लागि विदेशी मुद्राहरूको खरिदबिक्री दर तोकेको छ । राष्ट्र बैंकले सोमबारका लागि अमेरिकी डलरको खरिददर १३३.५७ रुपैयाँ तोकेको छ भने बिक्री दर १३४.१७ रुपैयाँ तोकेको छ । अमेरिकी डलरको मूल्य स्थिर रहेको छ ।
आज युरोपियन युरो एकको खरिददर १४५.३१ रुपैयाँ तोकेको छ भने बिक्रीदर १४५.९६ रुपैयाँ तोकेको छ । यस्तै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.५९ रुपैयाँ र बिक्रीदर १७३.३६ रुपैयाँ तोकिएको राष्ट्र बैंकले जनाएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८९.२६ रुपैयाँ र बिक्रीदर ८९.६७ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.२५ रुपैयाँ र बिक्रीदर ९७.६९ रुपैयाँ तोकिएको छ ।
आइतबारको तुलनामा डलरको मूल्य घटेको छ । यसअघि हिजो आइतबार युरोपियन युरो एकको खरिददर १४५.४७ रुपैयाँ र बिक्रीदर १४६.१२ रुपैयाँ, बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर १७२.६२ रुपैयाँ र बिक्रीदर १७३.३९ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८९.४४ रुपैयाँ र बिक्रीदर ८९.८४ रुपैयाँ, क्यानेडियन डलर एकको खरिददर ९७.४४ रुपैयाँ र बिक्रीदर ९७.८७ रुपैयाँ तोकिएको थियो ।
राष्ट्र बैंकका अनुसार कतारी रियाल एकको खरिददर ३६.६३ रुपैयाँ र बिक्रीदर ३६.९० रुपैयाँ, साउदी अरेबियन रियाल एकको खरिददर ३५.६१ रुपैयाँ र बिक्रीदर ३५.७७ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.३७ रुपैयाँ र बिक्रीदर ३६.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिददर २८.४९ रुपैयाँ र बिक्रीदर २८.६२ रुपैयाँ तोकिएको छ ।