काँध बदल्ने प्रवृतिको उपज हो यो गठबन्धन : गोकर्ण विष्ट

<p>काठमाडौं । एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन बदल्ने प्रवृत्तिले एमाले र कांग्रेसलाई एक ठाउँमा ल्याएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कहिले एमालेसँग कहिले कांग्रेससँग मिलेर सरकार संचालन गरेको भन्दै त्यसकाविरुद्ध अहिलेको सत्ता गठबन्धन तयार भएको विष्टको भनाइ थियो । प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग [&hellip;]</p>

काठमाडौं । एमालेका सचिव गोकर्ण विष्टले गठबन्धन बदल्ने प्रवृत्तिले एमाले र कांग्रेसलाई एक ठाउँमा ल्याएको बताएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले कहिले एमालेसँग कहिले कांग्रेससँग मिलेर सरकार संचालन गरेको भन्दै त्यसकाविरुद्ध अहिलेको सत्ता गठबन्धन तयार भएको विष्टको भनाइ थियो ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतको प्रस्तावमाथिको छलफलमा भाग लिँदै एमाले सांसद विष्टले संसद्का दुई ठूला दलबीच किन सहमति भयो भन्ने विषयमा स्पष्ट पारेका हुन् । ‘यो गठबन्धन त कहिले यो काँध कहिले त्यो काँध, काँध बदल्ने प्रवृत्तिको उपज हो यो गठबन्धन,’ उनले भने ।

माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको सरकारमा रहेको एमालेले असार १७ मा कांग्रेससँग मिलेर सरकार गठन गर्ने सहमति गरेको थियो ।

प्रधानमन्त्री ओलीसामू केही अप्ठ्यारा हुनसक्ने विष्टको भनाइ थियो । ‘उहाँलाई असहयोग गर्नेहरू, गडबन्धनलाई असफल पार्न प्रयत्न गर्नेहरू गठबन्धन निर्माण हुनु अगाडि नै क्रियाशील बनिरहेका छन् । चारैतिर त्यो प्रकारको घेराबन्दी हुनसक्छ, असयोग हुनसक्छ,’ उनले भने, ‘चारैतिरबाट विरोध, असहयोग पनि हुनसक्छ तर प्रधानमन्त्रीले फेरिपनि आत्मविश्वासका साथ अगाडि बढ्नुहुनेछ । प्रधानमन्त्रीले राष्ट्र र जनताको हितका लागि जुन हिसाबले अगाडि बढ्नुहुनेछ त्यसमा यो सदन र नेपाली जनताले साथ दिनेछ ।’

प्रधानमन्त्री ओलीलाई पछाडि फर्किनुपर्ने परिस्थिति आउनेछैन भन्ने विश्वास आफूले लिएको विष्टको भनाइ थियो ।

Share News