काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले मुलुकमा राजनीतिक अस्थिरताको कारण कांग्रेस र एमाले भएको बताएका छन् ।
आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीको विपक्षमा मतदान गर्ने जानकारी गराउँदै यस्तो बताएका हुन् । उनले गणितले मात्रै काम गर्ने भएको भए कम्युष्टि पार्टी एक्लैले करिव दुई तिहाई मत ल्याउँदा पनि पाँच वर्ष सरकार चल्न नसकेको बताए ।
कांग्रेसले पटक–पटक एक्लै बहुमत ल्याउँदा पनि स्थिरता नभएको बताए । संविधानमा निर्वाचन र नियुक्ति प्रणालीमा सुधार गर्न आवश्यक रहेको जानकारी दिए ।
‘साना दलहरुलाई आवश्यक परेको बेला फुटाउनु हुन्छ, संविधानमा सुधार गर्नुपर्ने धेरै कुराहरु छन्, निर्वाचन, नियुक्ती प्रणालीमा सुधार गर्नु छ, न्यायलयमा कारिदा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुँदैन’, उनले भने ।
उनले न्यायलयमा पार्टीका कारिन्दा नियुक्त गरेर मुलुकमा सुशासन कायम हुन नसक्ने जानकारी दिए ।