काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अब सेयरबजारमात्रै होइन देशको पूरै बजार चलायमान हुने बताएका छन् ।
प्रतिनिधिसभामा विश्वासको मत माग्दै प्रधानमन्त्री ओलीले अब सेयर बजार मात्र नभइ देशको पूरै बजार चलायमान हुने धारणा राखेका हुन् ।
प्रधानमन्त्री ओलीले आफू पछि नहट्ने प्रवृतिको व्यक्ति नभएको बताएका छन् । उनले आफू देश विकासका लागि काम गरिरहेको बताउँदै आफूमा ब्याक गियर नरहेको धारणा राखे ।
‘म सधैं अघि बढ्ने मानिस हुँ, मैले आफ्नो यात्रामा व्याक गियर लगाउन र पछि सर्न जानेको छैन,’ ओलीले भने ।
उनले विकासको मुख्य तगारो अस्थिरता भएकाले त्यसलाई हटाउन संविधान संशोधन आवश्यक परेको पनि बताए ।
[pdf id=498620]