‘ओली तीन वर्ष प्रधानमन्त्री हुँदा ऋण ह्वात्तै बढेको थियो, गलत तथ्यांक राख्ने सल्लाहकार को हो ?’

<p>काठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ओली यसअघि तीन वर्ष प्रधानमन्त्री बन्दा राष्ट्रको ऋण बढेको बताएका छन् । पुनले केपी शर्मा ओलीले आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म प्रधानमन्त्री बन्दा कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २६ प्रतिशत रहेकोमा प्रधानमन्त्री छोड्दै गर्दा आव २०७७/७८ मा राष्ट्रको ऋण जीडीपीमा ४० प्रतिशत पुगेको तथ्यांक सार्वजनिक गरेका [&hellip;]</p>

barsaman_punकाठमाडौं । पूर्वअर्थमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले ओली यसअघि तीन वर्ष प्रधानमन्त्री बन्दा राष्ट्रको ऋण बढेको बताएका छन् ।

पुनले केपी शर्मा ओलीले आर्थिक वर्ष २०७४/७५ देखि २०७७/७८ सम्म प्रधानमन्त्री बन्दा कुल ग्राहस्थ उत्पादन (जीडीपी)मा २६ प्रतिशत रहेकोमा प्रधानमन्त्री छोड्दै गर्दा आव २०७७/७८ मा राष्ट्रको ऋण जीडीपीमा ४० प्रतिशत पुगेको तथ्यांक सार्वजनिक गरेका हुन् ।

विगतको तुलनामा अर्थतन्त्र सुधार गएको उनको भनाइ छ । उनी प्रधानमन्त्रीका रुपमा छोड्दै गर्दा विदेशी मुद्राको बचत १२३ करोड थियो, अहिले ४२५२७ करोड पुगेको छ, तथ्य कोकि होइन ?, यो भाषण लेखिदिने सल्लाहकार को हो ? अहिले देशको विदेशी मुद्रा १३ महिनाको वस्तु तथा सेवा सेवा धान्ने छ । व्यापार घाटामा पनि सुधार आएको छ,’ उनले भने ।

उनले भावनाका आधारमा देश नचल्ने धारणा राखे । उनले समानमा विज्ञहरु पनि रहेकोले गलत तथ्यांक सार्वजनिक नगर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले विगतमा प्रधानमन्त्रीका रूपमा सरकार छोड्दा पुँजीगत खर्च ५७ प्रतिशत थियो रहेकोमा अहिले यो अवस्थामा पनि पुँजीगत खर्च ६० प्रतिशत रहेको धारणा राखे ।

उनले आफू केन्द्रित बनाएर तथ्यांक प्रस्तुत गर्न नहुने पनि धारणा राखे । त्यसले आफैंलाई ब्याकफायर गर्ने उनको भनाइ छ ।

Share News