काठमाडौं । नेपाली कांग्रेसले उपसभामुख इन्दिरा राना मगरको राजीनामा मागेको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै कांग्रेस सांसद रामहरि खतिवडाले राजीनामा मागेका हुन् ।
उनले उपसभामुखले ५ जनालाई अमेरिकाको भिसा दिनको लागि सिफारिस गर्न पत्र लेखेपछि राजीनामा दिनुपर्ने बताए । उनले उपसभामुख इन्दिरा रानामगरलाई संसद्को कमाण्ड गर्न सुहाँउछ कि सुहाँउदैन भन्दै प्रश्न गरे ।
‘संसदभन्दा बाहिर बसेर छानबिनमा सहयोग गर्नुस् । संसद्सँग साइनो नै नभएका व्यक्तिलाई सिफारिस गरिएको भन्दै खतिवडाले उपसभामुखको कक्ष कन्सल्टेन्सी नबनाइयोस् । यो कन्सल्टेन्सी नबनाइयोस्,’ उनले भने ।
उनले पैसा लिएर सदनको मर्यादालाई समेत ख्याल नगरी मानव तस्करी गरेको आरोप लगाए ।
‘संसदमा सूचना बेच्ने यही छन् भनेको एक जनाले भनेको सुनेको थिएँ। सूचना बेच्ने त देखिनँ मान्छे बेच्ने चाहिँ यतै छन् कि क्या हो अनुसन्धान हुनुपर्छ । संसद चुप लागेर बस्नु हुँदैन,’ उनले भने, ‘उपसभामुखलाई अनुरोध गर्छु, इज्जतका लागि भएपछि संसदको बाटोबाट टाप कस्नुभएका हुन्छ ।’