प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिन रास्वपाको ह्वीप

<p>काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ । प्रमुख सचेतक सन्तोष परियारले एक सूचनामार्फत विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् । आइतबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको हो । प्रधानमन्त्री ओलीले [&hellip;]</p>

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिन ह्विप जारी गरेको छ ।

प्रमुख सचेतक सन्तोष परियारले एक सूचनामार्फत विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

आइतबार बिहान बसेको संसदीय दलको बैठकले प्रतिनिधिसभामा प्रधानमन्त्रीले राख्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न आफ्ना सांसदहरूलाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री ओलीले आइतबार विश्वासको मत लिँदैछन् ।

Share News